अर्काको श्रीमती भगाएर तेस्रो विवाह गर्नै जनप्रतिनिधिलाई संविधान दिवसमा माफी


सुर्खेत – संविधान दिवसको अवसरमा सल्यान जिल्लाका तीनवटा विवाह गर्ने वडाध्यक्षले माफी पाएका छन् । तीनवटा विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी श्रीमतीले माफी पाएका हुन् ।

बहुविवाह गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई २० मंसिर २०७७ मा दाङमा पक्राउ गरेर जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरिरहेका थिए । वडाध्यक्षले अर्काको श्रीमती भगाएर तेस्रो विवाह गरेका थिए ।

वडाध्यक्ष कुमाईले तेस्रो विवाह गरेकी भनिएकी महिला ग्वामी विष्टलाई समेत माफी पाएकी छन् । बहुविवाह गरेको वडा अध्यक्षका दम्पतीसहित सात जनालाई माफी दिइएको छ । संविधान दिवसको अवसरमा असल चालचलन भएका सातजनालाई कैद सजाय मिनाहा भएको जनाइएको छ ।

प्रतिक्रिया