

अल्पमतमा रहेका मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका मन्त्री, सपथ लिने तयारी

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री भीम अचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
दुई मन्त्री र तीन राज्यमन्त्री थपिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरिएको छ ।
यसैगरी, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीलाई नियुक्त गरिएको छ ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई सपथ खुवाउने तयारी गरिएको छ ।

