खुल्यो चार महिनादेखि बन्द खाेटाङकाे हलेसी मन्दिर


खाेटाङ – कोराेना भाइरसकाे महामारीको दोश्रो लहरलाई मध्यनजर गर्दै चार महिनादेखि बन्द गरिएको खोटाङको त्रि-धार्मिकस्थल हलेसी मन्दिर खुला भएको छ ।

कोभिड-१९ को सङ्क्रमण दर घट्दै गएको तथा सङ्क्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकको आज बिहानदेखि हलेसी मन्दिर खुला गर्दै पूजाआजा सुरु गरेको हो ।

चार महिनाभन्दा बढी समयदेखि बन्द रहेको हलेसी मन्दिर कोभिड सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी खुला गरिएको हलेसी महादेवस्थान विकास समितिले जनाएकाे छ ।

बिहान र बेलुकाको नित्य नैनित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्चीलाई मात्र हलेसी मन्दिर प्रवेश गर्न अनुमति दिइएको थियो । यसबीचमा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तिर्थयात्रीले गेट बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोश्रो पल्ट हो।

प्रतिक्रिया