नेपालमा ५ सयभन्दा बढी संक्रमित रहेका जिल्ला १३ मात्रै (नामावलीसहित)


काठमाडौं –  नेपालमा गत २४ घन्टामा दोस्रो लहरयताकै एकैदिनमा सबैभन्दा कम कोरोना संक्रमित देखिएका छन् ।

पछिल्लो विवरणअनुसार देशभर थप ९११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने १४२३ जना कोरोनामुत्तः भएका छन् । त्यस्तै १३ जनाको कोरोनाकै कारण निधन भएको छ । नेपालमा यससँगै हालसम्म १० हजार ९ सय ४९ जनाको मृत्यु भएको छ ।

सङ्क्रमण कम हुँदै जानुमा खोपको पहुँच, मानिसहरूमा विकास भएको एन्टिबडी र जनचेतना भएको अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ५१ लाख ६१ हजार नाघेको मन्त्रालयले जनाएको छ।

पछिल्लो विवरण अनुसार देशभर २६,७५७ सक्रिय सङ्क्रमित छन्।

त्यसैगरी १३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने २० जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

पाँच ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा काठमाडौं भक्तपुर, ललितपुर, मकवानपुर र काभ्रेपलान्चोक नवलपरासी पूर्व, कास्की, बाग्लुङ, मोरङ, सुनसरी, झापा रूपन्देहीमा र सुर्खेत छन्।

प्रतिक्रिया