एमालेलाई सभामुखको आग्रह- वार्ताको टेबलमा बसेर संवादतिर जाऔं


काठमाडौं – सभामुख अग्नि सापकोटाले संसद् बैठकमा अवरोध नगर्न विपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् ।

आइतबारको बैठकमा पनि एमाले सांसदले अवरोध जारी राखेपछि बैठकमा अवरोध नगरी वार्ताको टेबलमा बसेर निकास खोज्न आग्रह गरेका हुन् ।

‘सहकार्य र समन्वय गर्नैपर्छ । बैठक सहज बनाऔं’, उनले भने, ‘संवादतिर जाऔं । वातावरण सहज बनाऔं । जनताको सर्वोच्च संस्थालाई त्यही थलोको रुपमा अघि बढाऔं ।’

लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेर अवरोध गरेपछि समस्या समाधानका लागि सभामुख सापकोटाले संवादमा आउन आग्रह गरेका हुन् ।

आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्ने बित्तिकै एमाले सांसदहरू आसनबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

 

प्रतिक्रिया