


संसदमा एमालेको निरन्तर अबरोधः सत्ता गठबन्धले प्रतिपक्षीसँग वार्ता गर्ने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध जारी राखेको छ। आइतबार पनि एमाले सांसदले वेलमा पुगी नाराबाजी गरेका छन्। जसका कारण १५ मिनेटका लागि बैठक स्थगित भएको छ।
उता, प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकले सदन सुचारु गर्न एमालेसँग वार्ता गर्ने निचोड निकालेको छ।
वार्ता गरी सदनलाई निरन्तर चलाउनका लागि एमालेसँग सहमति खोज्ने गठबन्धन दलको निर्णय भएको बताइएको छ। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन्।

