संक्रमणदर ओरालो लाग्यो: ९८४० जनाको नमूना परिक्षण गर्दा ९९४ मा कोरोना पुष्टी


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका परिक्षण केन्द्रमा गरिएको ९ हजार ८४० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३३८ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म ७ लाख ३८ हजार ३४ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ३६ जना पुगेका छन् । नेपालमा अहिले २७ हजार ३ सय ५५ जना सक्रि संक्रमित रहेका छन् ।

प्रतिक्रिया