एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक २५ गतेसम्मका लागि स्थगित


काठमाडौं – सरकारले प्रमुख विपक्षी दल नेकपा एमाले अवरोधकाबीच राजनीतिक दलसम्बन्धि अध्यादेश प्रतिनिधि सभामा पेश गरेको छ ।

प्रतिनिधि सभाको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका हुन् ।

एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेलामा सभामुखले गृहमन्त्री खाँणलाई समय दिएपछि उनी रोस्टममा पुगेर पेश गरेका हुन् ।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक २५ गते सम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया