असोज १ गतेदेखि पर्वलक्षित सहुलियत पसल ३९ स्थानमा


काठमाडौं – सरकारले यसवर्ष पनि दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यापार तथा व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने भएको हो।

सहुलियत मूल्य पसलमार्फत उपभोक्ताले चामलमा प्रतिकेजी ५ रुपैयाँ, सीमी र फापरमा प्रतिकेजी १० रुपैयाँ छुट पाउने छन्। त्यस्तै नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिइनेछ भने चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट र अन्य विभिन्न खाद्यसामानहरुमा पनि छुट दिइने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ।

आगामी असोज १ गतेदेखि सञ्चालनमा ल्याइने सहुलियत मूल्य पसल मुलुकका विभिन्न ३९ स्थानमा रहने मन्त्रालयले जानकारी गराएको छ।

 

 

प्रतिक्रिया