सेनाद्वारा कुख्यात मुस्लिम विरोधी भिक्षु विराथु रिहा, सवै आरोप पनि खारेज


काठमाडौं – म्यानमारको जुन्ता सरकारले विवादित बौद्ध भिक्षु असिन विराथुलाई रिहा गरेको छ। उनको सम्पूर्ण आरोप खारेजसंगै सोमबार सेनाले उनलाई रिहा गरेको हो ।

सन् २०१९ मा उनीविरुद्ध निर्वाचित सरकारविरुद्ध क्रियाकलाप गरेको अभियोग लगाइएको थियो। त्यसपछि उनले आत्मसमर्पण गरेका थिए। निर्वाचित सरकार सैन्य कूबाट हटेपछि विराथुलाई थुनामुक्त गरिएको हो।

रोहिंग्या मुस्लमानको नरसंहारका क्रममा उनको उग्र भाषण पनि प्रमुख कारण रहेको बताइएको छ । मुस्लिमविरुद्ध कट्टरपन्थी विचार राख्ने उनलाई ‘बौद्धमार्गी बिन लादेन’ समेत भन्ने गरिन्छ।

प्रतिक्रिया