कोरोना बढ्दै गएपछि जेलमा झडप, ६ को मृत्यु, कयौं घाइते


ढाका – श्रीलङ्काको एउटा कारागारमा दङ्गा हुँदा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

माहारा कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए।

बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भिडन्त हुँदा त्यति सङ्ख्यामा मृत्यु र ५२ जना घाइते भएको बताइएको छ।

श्रीलङ्काका जेलहरूमा अहिलेसम्म झन्डै १,००० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

प्रहरी प्रवक्ता अजित रोहनाका अनुसार जेलमा सुरक्षाकर्मीहरूले ूउच्छृङ्खल अवस्था नियन्त्रणमा लिन बल प्रयोग गरेकोू बताए।

सञ्चारमाध्यमहरूका अनुसार दङ्गा फैलिएपछि सुरक्षाकर्मीहरूले गोली हानेका थिए।

कारागार परिसरमा ूठूलो आगलागीू भएको देखिएको स्थानीयवासीलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बीबीसीलाई बताए।

उनका अनुसार कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको छ।

प्रहरीका पाँचवटा टोलीलाई पनि परिचालन गरिएको छ। -बीबीसी

प्रतिक्रिया