नेपाली महिला फुटबलः बंगलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेल्ने


काठमाडाैं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाल र बंगलादेशबीचको खेल आउँदो २४ र २७ गते दशरथ रंगशालामा हुनेछ ।

मैत्रीपूर्ण खेलको लागि बंगलादेशको टोली भोलि नेपाल आइपुग्नेछ । एएफसी महिला एसियन कप छनौटको तयारीमा रहेको नेपालले घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एसियन कप छनौटमा नेपालले यसै महिना फिलिपिन्स र हङकङसँग उज्वेकिस्तानमा खेल्दैछ । महिला एसियन कप आउँदो वर्ष अर्थात् सन् २०२२ मा भारतमा हुँदैछ ।

प्रतिक्रिया