


इथियोपियामा सेनाको कारबाहीमा पाँच हजार टिंग्रे विद्रोही मारिएको दाबी

काठमाडौं – अफ्रिकी मुलुक इथियोपियामा सेनाले गरेको कारबाहीमा बिद्रोही समूह टिग्रेका पाँच हजार बढी लडाकु मारिएको दाबी इथियोपियाली सेनाले दाबी गरेको छ ।
गत नोभेम्बरदेखि आतंकवादी गतिविधीलाई तीब्रता दिएको सो बिद्रोही समुहमाथि इथियोपियाली सेनाले हालै गरेको कारबाहीमा ५ हजार ६ सय बिद्रोही मारिएको दाबी गरिएको हो ।
घटनामा २ हजार ३ सय बिद्रोही घाइते भएको र २ हजारलाई नियन्त्रणमा लिइएको जनाइएको छ । यसअघि संयुक्त राष्ट्रसंघले इथियोपियामा जारी संघर्षकाबीच लाखौं भोकमरीको शिकार बनिरहेको बताएको थियो ।
सो समूहले इथियोपियाको अमहारा र अफार क्षेत्र लगभग कब्जामा लिइसकेको अवस्थामा इथियोपियाली सेनाले उनीहरु बिरुद्ध आक्रमण तीब्र पारेको हो । यसअघि बिद्र्रोही र इथियोपियाली सेनाबीच पछिल्लो समय भएको संघर्षकाबीच हजारौं मानिस सुडान पलायन भईसकेका छन् । टिग्रें बिद्रोहीले भने इथियोपियाको सत्तामा सहभागिता माग गर्दै बर्षौंदेखि संघर्ष जारी राख्दै आएको छ । एजेन्सी

