देहरादुनको कारखानामा भीषण आगलागी (भिडियो)


नयाँदिल्ली – भारतको देहरादुन इवाला कोतवाली इलाकामा पर्ने लाल तप्पड औद्योगिक क्षेत्रस्थित एक कारखानामा शनिबार अपराह्न भीषण आगलागी भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कारखानाभित्र काम गर्ने कामदारबीच भागदौड मच्चिएको छ । कारखानामा लगातार धुवाँ र आगोको लपेटा देखिएको छ ।

आगो नियन्त्रण गर्न मुस्किल परिरहेको छ । कारखानाभित्र धेरै मजदुर काम गरिरहेका थिए । क्षतिबारे विवरण आउन बाँकी छ ।
भिडियोः

प्रतिक्रिया