अमेरिकामा आँधी र बाढीमा ज्यान गुमाउनेको संख्या पुग्यो ४६


काठमाडौं – अमेरिकामा इदा नामको विध्वंशकारी आँधी र बाढीमा परि ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । न्यु जर्सी राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको खबर सार्वजनिक भएपछि अमेरिकामा इदा आँधीबाट मृत्यु हुनेहरुको संख्या ह्वात्तै बढेको हो ।

अहिले खासगरी पूर्वी तटीय क्षेत्रहरु विभिन्न मौसमी विपतबाट गुज्रिरहेका छन् । आँधीपछि शहरमा बाढी पस्दा अधिकांश घर, व्यवसायीक कम्प्लेक्स तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ । मानिसहरु बेसमेन्ट पार्किङमा आफ्नो सवारी साधनमै अड्किएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले मौसमी प्रतिकूलतासँग जुध्न अहिलेसम्मकै ठूलो लगानी गर्नुपर्ने बताएका छन् । आँधी प्रभावित राज्यका जनताका लागि सम्वोधन गर्दै बाइडेनले जलवायु परिवर्तनको कारण हरेक वर्ष मौसमी प्रतकूलता बढ्दै गएको बताए । यसबाट आम मानिसको जीवन रक्षा गर्न ऐतिहासिक लगानि आवश्यक भएको उनको भनाई छ ।

प्रतिक्रिया