

विद्युत् प्राधिकरणले माग्यो ३३९ कर्मचारी, सह-निर्देशकसम्मका लागि विज्ञापन (सूचना)

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणमा जागिरका लागि विज्ञापन खुलेको छ । प्राधिकरणले झन्डै साढे तीन सय जना नयाँ कर्मचारीका लागि विज्ञापन खोलेको हो।
शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न पदका लागि ३ सय ३९ जना कर्मचारी मागेको हो।
अधिकृत र सहायकस्तरमा सह–निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा हुनेछ।
इच्छुक उम्मेद्वार असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर १४ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।
सूचनाः

