तालिवानले दियो अन्तराष्ट्रिय टेस्ट क्रिकेट खेल्न राष्ट्रिय पुरुष टिमलाई अनुमति


काठमाडाैं – तालिवानले अफगानिस्तानको राष्ट्रिय पुरुष क्रिकेट टिमलाई अष्ट्रेलियाविरुद्धको अन्तर्राष्ट्रिय टेस्ट प्रतियोगिता खेल्न अनुमति दिएको छ ।अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकारी हामिद शिनवरीले अनुमति मिलेको जानकारी गराएका हुन्।

अष्ट्रेलियन क्रिकेट बोर्डले यसअघिनै टेस्ट म्याच आयोजना गर्नका लागि तयारी भइसकेको जनाएको थियो ।कोरोना महामारीका कारण गतवर्ष नै हुने भनिएको यस प्रतियागिता नोभेम्बरमा हुनेछ । तालिवानले अफगानिस्तान कब्जागरेपछि अफगान टिमको यो पहिलो अन्तराष्ट्रिय खेल हुनेछ । एजेन्सी

प्रतिक्रिया