विवकेशील साझाका अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्दै केन्द्रीय समिति बैठक


काठमाडौं — विवेकशील साझा पार्टीका केन्द्रीय समिति बैठकहरु आज बस्दैछन् । वैचारिक रुपमा विवाददेखिएको विवेकशील साझाका दुवै पक्षले आजका लागि केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

अध्यक्ष रवीन्द्र मिश्रले आप्mनो दस्तावेज पारित गर्ने उद्देश्यसहित आज १२ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको जनाइएको छ भने संयोजक मिलन पाण्डेले सो भन्दा अगाडि नै अर्थात् ११ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् ।

फुटको संघारमा रहेको विवेकशील साझाका यी दुई पक्षका केन्द्रीय समिति बैठकपछि पार्टीका बारेमा वास्तविकता बाहिर आउने अनुमान गरिएको छ ।

भर्चुअल रुपमा बोलाइएको बैठकको समय करिब एउटै भएपछि केन्द्रीय सदस्यहरुलाई आफू कुन पक्षमा लाग्ने भन्ने कुराको कित्ता स्पष्ट पार्नुपर्ने बाध्यता आइलागेको छ । भर्चुअल भएको र एक घन्टाको फरकमा भएको हुनाले केन्द्रीय सदस्यहरु दुवैबैठकमा उपस्थित हुन पनि सक्छन् ।

साझा र विवेकशील पार्टीबीच एकता गर्दा दुवै पक्षबाट ६५/६५ जना राखेर जम्मा १ सय ३० सदस्यीय केन्द्रीय समिति बनाइएको थियो ।

प्रतिक्रिया