


उपत्यकाको निषेधाज्ञा हट्यो, आदेश जारी

काठमाडौं– काठमाडौं उपत्यकामा ५ महिनादेखि विभिन्न हिसाबले लगाइएको निषेधाज्ञा विहीबारदेखि हटेको छ। उक्त निषेधाज्ञाको ठाउँमा आदेश जारी भएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडिओ)को संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। अब विभिन्न मापदण्डलाई अनिवार्य गर्दै आदेश जारी गरिएको छ।

