नेपाल-भारत मैत्रीपूर्ण खेलः खेल हेर्नका लागि दुवै डोज खोप अनिवार्य, ५१ सय टिकट बिक्री


काठमाडौं – नेपाल र भारतबीचका मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि ५१०० वटा टिकट बिक्री भइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जानकारी दिएको छ ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले खेलका लागि ५१०० टिकट बिक्री भइसकेको जानकारी दिए ।

‘कोभिडको दौरानमा पनि दर्शकसहित खेल खेलाउने मौकाका रूपमा यसलाई हेरिएको छ । स्वास्थ्य मन्त्रालय र फिफाको प्रोटोकल पूर्ण पालना भएको छ’, उनले भने, ‘खेल हेर्नका लागि दुवै डोज खोप लगाएको हुनुपर्नेछ। यही अवस्थामा पनि ५१ सय टिकट बिक्री भएको छ ।’

उनले खेल हेर्न जानेले पीसीआर टेस्ट गर्नुपर्ने पनि बताए । उनले मैत्रीपूर्ण खेललाई कोभिडको दौरान पनि दर्शकसहित खेल खेलाउने मौकाका रूपमा एन्फाले लिएको पनि बताए ।

प्रतिक्रिया