

काँग्रेसको केन्द्रीय सभापति पदमा उम्मेदवारी घोषणा गर्दै गुरुङ

काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आज (बुधबार) केन्द्रीय सभापति पदमा उम्मेदवारी दिँदै छन्।
काठमाडौँको अनामनगरस्थित युनियन हाउसमा साढे २ बजे पत्रकार सम्मेलन गरेर उनले सभापतिमा उम्मेदवारी दिन लागेका हुन्।
काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै उम्मेदवारी दिनेको सङ्ख्या थपिँदो छ। यसअघि सभापतिमा पार्टीका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन्। यता वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो पक्षबाट साझा उम्मेदवार चयनका लागि प्रयास गरिरहेका छन्।
महामन्त्रीमा नेता गगन थापाले उम्मेदवारी घोषणा गरेका छन्।

