स्यानिटाइजर पिउँदा कैलालीमा एकजनाको मृत्यु


धनगढी – धनगढी उपमहानगरपालिका(१२ डी गाउँका टीकाराम बराइलीको स्यानिटाइजर पिउँदा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार बराइलीले भदौ ९ गते स्यानिटाइजर पिएका थिए। उनको उपचारको शुक्रबार मृत्यु भएको हो।

‘शुक्रबार अचानक टाउको दुखेपछि उपचारका लागि आफन्तले स्थानीय कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकल जुगेडामा लगेका थिए,’ उनले भने, ‘औषधि उपचार र स्लाइन चढाएपछि ठिक भएको भन्दै घर लगिएको थियो। घरमा पुगेपछि स्वास्थ्यमा समस्या आएपछि साँझ उपचारका लागि निसर्ग अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा मृत्यु भएको हो।’

स्यानिटाइजर के कारणलेसेवन गरे भन्नेबारे खुलेको छैन।

प्रतिक्रिया