अध्यक्ष दाहालको अवस्था सामान्य, कोरोना रिपोर्ट नेगेटिभ


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अवस्था सामान्य रहेको जनाइएको छ ।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि घरमै बसिरहेका अध्यक्ष प्रचण्डको स्वास्थ्यका बारेमा विभिन्न समाचार बाहिरिइरहेका बेला दाहाल पुत्री गंगा दाहालले दाहाललाई सामान्य रुघाखोकी र ज्वरो आएको बताएकी छिन् ।

गंगाले अध्यक्ष दाहालको कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको र अहिले अवस्था सामान्य रहेको बताएकी छिन् ।

गंगाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘देश विदेशबाट धेरै साथीहरुले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको छ। अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आए संगै अहिले अवश्था सामान्य रहेको छ ।’

प्रचण्डले स्वास्थ्यमा समस्या देखिएपछि घरमा भेटघाट बन्द राखेको पनि जनाइएको छ ।

प्रतिक्रिया