कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा दिने सरकारको निर्णय


काठमाडौं – सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

त्यस्तै आगामी भदौ ७ गते परेको गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। यसअघि उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको उनले बताए।

प्रतिक्रिया