बिकृत बामपन्थकी बिमलाः उत्तरकुमार पत्नीको निजी तस्बिरले उठाएको सार्वजनिक प्रश्न
काठमाडौं– मंगलबार दिउँसोदेखि लुम्बिनी प्रदेशकी सांसद बिमला ओलीको एउटा निजी तस्बिर सामाजिक सञ्जाल र कतिपय मिडियामा भाइरल भए।
लुम्बिनी प्रदेश सरकार गिराउने निर्णायक भूमिका निभाएकी बिमलाको उक्त तस्बिर माओवादीका एक जना विवाहीत व्यक्तिसँगको अन्तरङ्ग रहेको चर्चा भयो।
ल्याब टेस्ट नभएको र ठ्याक्कै बिमला ओलीसँगकै ‘चुम्बनीय’ तस्बिरले अनेक प्रश्न खडा गरेका छन्। यस तस्बिर र समाचारका विषयमा सांसद बिमला ओलीले हालसम्म कुनै प्रतिक्रिया नदिनु र तस्बिरमा सँगै रहेका योङ कम्युनिस्ट लिग (वाइसीएल)का स्थानीय नेता भनिने एकराज बस्नेतले पनि बोल्न नचाहनुले भाइरल भएको चर्चालाई बल पुगेको छ।
तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको सरकार गिराउनका लागि अन्तिम समयमा बिमलाले माओवादीलाई रोजेकी थिइन्। एमालेले उम्मेदवार बनाएकी उनी पोखरेलको सरकार बचाउने निर्णयमा पुग्दा पुग्दै माओवादीका मुख्यमन्त्री बनाउन किन राजी भइन्?
उच्च स्रोतले भन्यो,‘यहि तस्बिर देखाएर उनलाई माओवादीलाई सहयोग नगरे हुर्मत लिनेसम्मको आन्तरिक धम्की दिइएको हुनुपर्छ।’
बिमलाको चुम्बनीय तस्बिरमा सिँदुर लगाइएको छ र बस्नेतसँग उनले गोप्य रुपमा विवाह गरेको चर्चा पनि छ। बस्नेत विवाहित व्यक्ति हुन्। उनका छोराछोरी पनि छन्।
बिमलाको निजी जीवन र सम्बन्धका विषय आन्तरिक हुनुपर्ने भए पनि त्यसलाई राजनीतिक मुनाफाका लागि प्रयोग गरिएका कारण समाचारीय टिप्पणी सुरु भएका हुन्।
उनले चार दिनसम्म मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको प्रतिक्रिया पछिल्ला चरणमा दिएकी थिइन्। त्यहाँबाट ट्वाइलेटको चप्पल लगाएर भागेको प्रतिक्रिया दिँदा उनको अनुहारमा त्यस्तो त्रास र पीडाको कुनै भाव नै देखिएको थिएन। बरु पत्रकार सम्मेलनका क्रममा उनी अकमकिएकी थिइन्।
सार्वजनिक भएको तस्बिरले अहिले माओवादी र एमालेवृत्तमा अनेक प्रश्न उठेका छन्। नेकपाबाट सूर्य चुनाव चिन्ह लिएर जितेकी बिमलालाई पदमुक्त गर्नका लागि लुम्बिनी प्रदेशका सभामुखलाई मंगलबार मात्र नेकपा एमालेले पत्र बुझाएको थियो।
त्यसलगत्तै दिवंगत उत्तरकुमार ओलीपत्नी बिमलाको निजी सम्बन्धको विषय तस्बिरका रुपमा बाहिरिएपछि अनेक प्रश्न उठेका हुन्।
एक जना स्थानीय नेताले तस्बिरमाथि खिसिट्युरी गर्दै प्रतिक्रिया दिए,‘एमालेको हुर्मत किन लिइयो भनेको त माओवादीसँग अन्तरंग सम्बन्ध रहेछ। सूर्यबाट चुनाव लड्ने, एमालेलाई सहयोग गर्छु भनी माओवादीसँग चुम्माचाटी चल्दो रहेछ नि त!’
बिमला र एकराजको उक्त तस्बिरले सामाजिक र बहुविवाहको सवाललाई पनि खडा गरेको छ। परिवार भएका एकराजसँग उनको विवाह भएको हो या साधारण सम्बन्ध मात्र हो? विधुवा भएपछिको तस्बिर हो या त्यसअघिकै हो भन्ने विषय पनि अहिले चर्चामा छ।
यदि विवाह भएको हो भने एकराजले बहुविवाहको मुद्दा खेप्नुपर्ने कतिपयको प्रतिक्रिया छ भने त्यसअघिको या पुरानो भएको खण्डमा ‘अनैतिक सम्बन्ध’को सामाजिक प्रश्नको घेरामा दुवैजना पर्ने देखिन्छ।
(यो सामाचारमा उल्लिखित पात्रको चरित्र हत्या गर्न खोजिएको छैन, सार्वजनिक भएका चर्चा र टिप्पणीलाई आधार मानिएको छ– सम्पादक)