तालिबानी लडाकुद्वारा अफगानिस्तानको राजधानी काबुलबाहेक प्रमुख सहरमाथि कब्जा


एजेन्सी – अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुलतर्फ तीव्र रूपमा अगाडि बढ्दै गर्दा त्यहाँ तनाव चुलिँदो छ।

लडाकुहरूले पूर्वी सहर जलालाबाद आइतवार बिहानै नियन्त्रण कायम गरेका छन्।

योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ।

अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार-ए-शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन्।

सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाव बढ्दो छ। बीबीसी

प्रतिक्रिया