

पूर्वमन्त्री अफताब आलमको मुद्दा न्यायाधीशद्वय सिंह र रेग्मीको इजलासमा

काठमाडौं– नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमको ‘बिष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत’ मुद्दाबारे आज सर्वोच्चमा पेसी तोकिएको छ ।
जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले नकारेको थुनामुक्तिको निवेदन सर्वोच्च अदालतले आजका लागि चढाएको पेसीमा न्यायाधिशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलास सुनुवाइ हुने भएको छ ।
०६४ को संविधानसभा निर्वाचनका बेला इटाभट्टामा मान्छेलाई जिउँदै हालेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका आलमले धरौटीमा रिहा हुनेगरीको निवेदन सर्वोच्च अदालतमा हालेका थिए ।
जिल्ला अदालत र उच्च अदालतमा दुवैले धरौटीमा छाडी मुद्दा चलाउन अस्वीकार गरेको निवेदन सर्वोच्च अदालतमा शुक्रबारको पेशीका लागि चढेको हो ।
र याे पनि…
आलमले चार पटक हटाएको ‘थुनामुक्ति’ निवेदन देउवा प्रधानमन्त्री हुनासाथ सर्वोच्चमा चढाए

