लुम्बिनीमा २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न आव्हान


रूपन्देही – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गरेका हुन्।

आज सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आव्हान गरेका हुन् । नयाँ सरकारमा दावी पेश गर्नका लागि बिहीबार अपराह्न ३ः०० बजेसम्मको समय दिइएको छ।

प्रतिक्रिया