उपत्यकाका तीनै जिल्लाका सिडिओको बैठक बस्दै, निषेधाज्ञा थप कडाइ गर्दै लम्ब्याउने तयारी


काठमाडौं – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको विषयमा छलफल गर्न आज (मंगलबार) जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरमा प्रमुख जिल्ला अधिकारी संयुक्त बैठक बस्दै छन् ।

पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमण पुन: बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा पर्दै लम्ब्याउने लगायत निषेधाज्ञाबारे थप निर्णय लिन सिडिओहरुको बैठक बस्न लागेका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार आज दिउँसो दुई बजे बैठक बस्ने तयारी छ। ‘कोरोना सक्रमण जोखिम कायमै छ,त्यसैले निषेधाज्ञा थप्नुपर्ने आवश्यक देखिएको छ, यस विषयमा बैठकमा छलफल गरेर निर्णय हुन्छ,’उनले भने।

बैठकमा छलफल गरेर मात्र कुन-कुन क्षेत्रमा रोक लगाउने र खुलाउने निर्णय गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए। उपत्यकाको जारी निषेधाज्ञा आगामी भोलि (बुधबार) सकिदै छ।

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो।

सम्बन्धित समाचार : कोरोना बढेपछि उपत्यकामा निषेधाज्ञा कडा पार्ने तयारी

प्रतिक्रिया