लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गर्दै दायर भएको रिट न्यायाधीश राउतको इजलासमा


काठमाडौं – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनद्वारा आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटको सुनुवाई न्यायाधीश प्रकाशसिंह राउतको इजलासमा तोकिएको छ। लुम्बिनी प्रदेश सांसद लीला गिरीले दायर गरेको रिट माथिको सुनुवाई न्यायाधीश प्रकाशसिंह राउतको इजलासमा तोकिएको हो।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्न साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन गरेका थिए । यसअघि सर्वोच्चले हकदैया नपुगेको भन्दै पेश भएको अधिवक्ता गणेश घिमिरेको निवेदन दरपीठ भएको थियो।

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको दाबीसहित अविश्वासको प्रस्ताव तेस्रो पटक दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए।

सरकारसँगको छलफल र सहमति बिना संविधानविपरीत विशेष अधिवेशन आह्वान भएको भन्दै त्यसलाई रोक्न माग गर्दै लुम्बिनी प्रदेश सभा सदस्य गिरीले सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

प्रतिक्रिया