घर अगाडी पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ


काठमाडौं – किर्तिपुर नगरपालिका-९, नगाउँ स्थित आफु बस्दै आएको घर अगाडी पार्किङ गरी राखेको स्थानबाट हराएको बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका – ७ घर भई हाल काठमाण्डौ नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगरर रामेछाप सुनापती गाउँपालिका – २ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगररहेका छन् ।

चोरी भएको सुचना प्राप्त हुनासाथ महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरी विना चावीडाईरेक्ट स्टार्ट गरेरनम्वर प्लेट समेत परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा ती दुवैलाई भक्तपुर सुर्यविनायक नगरपालिका – ९, पलासेबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उक्त मोटरसाइकल यही श्रावण २३ गते रातको समयमा काठमाडौं किर्तिपुर नगरपालिका-९, नगाउँबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि स्याङ्जा आधिखोला गाउँपालिका-५ घर भई हाल किर्तिपुर बस्ने मुक्ति प्रसाद पौडेलले यस महाशाखामा निवेदन दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहितदुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त,किर्तिपुरमा बुझाएको छ । पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानीमा विशेष कारबाही अभियान सञ्चालन गरेकाे ट्राफिक महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया