माओवादी केन्द्र विश्वविद्यालय कर्मचारी संगठन महासचिवमा लोकेन्द्र आरसी


काठमाडौं – माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, विश्वविद्यालय राष्ट्रिय समितिको बैठकले रिक्त महासचिव, उपमहासचिव र सचिवमा मनोनयन गरेकोछ । साउन २४ गते बसेको भर्चुअल बैठकद्वारा संगठनको रिक्त रहेको महासचिव पदमा सोलुखुम्बुका लोकेन्द्र आर.सी. तथा उपमहासचिव पदमा प्रकाश सापकोटा र सचिब पदमा तुलसी दिवस महतरालाई नयाँ जिम्मेवारी प्रदान गरिएको संगठनका अध्यक्ष दिपक तिवारीले जानकारी गराए ।

विश्वविद्यालय भित्रका कर्मचारीहरुको पेशागत समस्या समाधान, सांगठानिक गतिशिलता, सामुहिकता र संगठन विस्तारमा जोड दिदै सबै विश्वविद्यालयका कर्मचारीहरुको भरलाग्दो पेशागत संगठनका रुपमा यसलाई स्थापित गराउने कुरा महासचिव आरसीले बताए ।

त्यसै गरी बैठकद्वारा सबै विश्वविद्यालयमा अन्योल अवस्थामा देखिएको उपदान कोषको बारेमा बृहत् अन्तर्कृयाका साथमा विज्ञ समिती निर्माण गरी विश्वविद्यालयहरु  र शिक्षा मन्त्रालय लाई ध्यानाकर्षण गराउने, नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन भ्रमण बिदा र खर्च विश्वविद्यालयका कर्मचारीहरुले पनि पाउने सुनिश्चितता गर्न सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

त्यसैगरी उक्त बैठकले निश्चित सेवा अवधी पुगेका  तर बढुवाको लागि बिज्ञापन नभएर वृत्ति वृत्ति विकासमा अवरोध भएका कर्मचारीहरुका लागि तत्काल् तहगत बढुवाको आवेदन खुलाउन  सम्बन्धित पक्षलाइ ध्यानाकर्षण गराउने र लामो समयदेखि स्थायी हुन नसकेका कर्मचारीहरुको स्थायी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा माग राखिने निर्णय भएको उपमहासचिव प्रकाश सापकोटाले बताए ।

प्रतिक्रिया