इन्द्रावती नदीले बाटो कटान गर्दा हेलम्बु राजमार्ग अवरुद्ध


सिन्धुपाल्चोक – लगातारको बाढीले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।

बिहान ०६ः५० बजेको समयमा मेलम्ची नगरपालिका-१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा इन्द्रावती नदीले बाटो कटान गर्दा २० मिटर बाटो झरी मेलम्चीतर्फ जाने बाटो पूर्णरूपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सहजताका लागि वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए । अहिले मेलम्चीबाट काठमाडौँ र काठमाडौँबाट मेलम्ची आएका यातायातका साधन र यात्रु अलपत्र परेका स्थानीयवासी शालिग्राम घोरासैनीले जानकारी दिए ।

प्रतिक्रिया