न्युजिल्यान्डले १८ वर्षपछि आउँदाे सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्दै


काठमाडाैं – न्युजिल्यान्डको क्रिकेट टोलीले १८ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । न्युजिल्यान्ड र पाकिस्तानबीच आउँदो सेप्टेम्बरमा तीन एकदिवसीय र पाँच टी–ट्वान्टी हुने भएको छ । अक्टोबर १७ देखि सुरु हुने टी–ट्वान्टी विश्व कप अगाडि न्युजिल्यान्डले पाकिस्तानको भ्रमण गर्न लागेको हो ।

दुई टोलीबीच एकदिवसीय शृङ्खला सेप्टेम्बर १७, १९ र २१ मा रावलपिन्डीमा र पाँच टी–ट्वान्टी सेप्टेम्बर २५ देखि अक्टोबर ३ सम्म लाहोरमा हुने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । पछिल्लो पटक न्युजिल्यान्डले सन् २००३ मा पाकिस्तानको भ्रमण गरेको थियो ।

प्रतिक्रिया