विश्वभर संक्रमित संख्या ५ करोड ९५ लाख नाघ्यो, ४ करोड ११ कोरोनामुक्त


काठमाडौं – विश्वमा पछिल्लो २४ घन्टामा ५ लाख भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड ९५ लाख १ हजार ५ सय ४९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा ७ हजार ९ सय ४७ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख १ हजार ५६७ पुगेको छ ।

विश्वमा हालसम्म ४ करोड ११ लाख ४५ हजार ८८८ जना कोरोनामुक्त भइसकेका छन् भने १ करोड ६९ लाख ५४ हजार ९४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १ ाख ३ हजार ५८१ जना गम्भीर बिरामी रहेका छन् ।

पछिल्लो २४ घन्टामा अमेरिकामा मात्रै १ लाख ७१ हजार ६६६ जना संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा हालसम्म संक्रमितको संख्या १ करोड २७ लाख ७६ हजार ७ सय ३७ पुगेको छ भने ९ सय ७० को मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ६३ हजार ६ सय ८७ पुगेको छ ।

अमेरिकामा हालसम्म ७५ लाख ४८ हजार ४ सय ३५ जना कोरोनामुक्त भइसकेका छन् भने ४९ लाख ६४ हजार ६१५ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २३ हजार ६८९ जना गम्भीर प्रकृतिका बिरामी रहेका छन् ।  

त्यस्तै अमेरिकापछि नेपालको छिमेकी मुलुकमा संक्रमितको संख्या ९१ लाख ७७ हजार ७ सय २२ रहेको छ भने मृत्यु हुनेको संख्या १ लाख ३४ हजार २ सय ५४ पुगेकोछ । भारतमा पछिल्लो २४ घन्टामा ३७ हजार ४ सय १० संक्रमित थपिएका छन् भने ४ सय ८१ जनाले ज्यान गुमाएका छन् ।

भारतमा कोरोनामुक्त हुनेको संख्या अन्य देशको तुलनामा ज्यादै धेरै रहेको छ । भारतमा हालसम्म ८६ लाख ३ हजार ५ सय ७५ जना कोरोनामुक्त भइसकेका छन् ।

त्यस्तै संक्रमितमा तेस्रो स्थान र मृतकमा दोस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म संक्रमितको संख्या ६० लाख ८८ हजार ४ जना रहेका छन् भने १ लाख ६९ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया