

संक्रमणदर फेरि बढ्दै गएपछि अर्घाखाँची प्रवेशमा पास अनिवार्य

अर्घाखाँची – पछिल्लो समय पुन अर्घाखाँची कोरोना संक्रमणदर बढ्दै गएपछि अर्घाखाँची जिल्लामा कडाइ गरिएको छ । अर्घाखाँचीमा साउन ३० गतेसम्म जारी निषेधाज्ञाको अवधिमा जिल्लाभित्र अत्यावश्यक बाहेक कुनै पनि सवारी चल्न पाउने छैनन् ।
यसैगरी अत्यावश्यक कामको लागि बाहिरी जिल्लाबाट अर्घाखाँची आउनुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर जानुपर्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरीएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले जारी गरेको सूचनामा परीक्षाथीहरुलाई भने परीक्षा केन्द्रसम्म पुग्न सवारी पास आवश्यक नपर्ने उल्लेख छ। लोक सेवा आयोग, त्रिभुवन विश्वविद्यालय , राष्ट्रिय परीक्षा बोर्ड र सिटीभिटीका विद्यार्थीलाई प्रवेश पत्र तथा परिचय पत्रको आधारमा सहजीकरण गरिने भएको हो ।
अर्घाखाँची जिल्लामा पछिल्ला दिनमा कोरोना संक्रमण दर वृद्धि भएको जनस्वास्थ कार्यालयले जनाएको छ ।

