

एउटै वडाका छिमेकी दुई प्रदेशका प्रमुख, लुम्बिनीमा शेरचन, गण्डकीलाई गुरुङ

काठमाडौं– सरकारले मंगलबार लुम्बिनी र गण्डकी प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै वडाका छिमेकी परेका छन्।
माओवादीको सिफारिसमा लुम्बिनी प्रमुख बनेका शेरचन र कांग्रेस सिफारिसमा गण्डकीका प्रमुख बनेका गुरुङ भरतपुर महानगरपालिका–२६ दिव्यनगर टोलका हुन्।
भरतपुर महानगरकी मेयर रेणु दाहालले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी छन्।
उनले लेखेकी छन्,‘भरतपुर महानगर– २६ दिब्यनगरकै दुई जना प्रदेश प्रमुख पाएकोमा बधाई छ हामी भरतुरबासीलाई । लुम्बिनिमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान गुरुङ उहाँहरू दुबैलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना।’

