लुम्बिनीकी सांसद हराएको भन्दै काठमाडौंमा उजुरी


काठमाडौं – लुम्बिनी प्रदेशसभाकी सदस्य पुर्मती ढेंगामगर बेपत्ता भएको भन्दै काठमाडौं प्रहरीमा उजुरी परेको छ। ढेंगामगर जनता समाजवादी पार्टी (जसपा)की सांसद हुन्।

सांसद ढेंगामगर हराएको भन्दै काठमाडौं प्रहरीमा ठाडो उजुरी दिएको जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेलले बताए। ‘आइतबार दिउँसोदेखि नै उहाँ सम्पर्क बाहिर हुनुहुन्छ,’ पोखरेलले भने।

प्रदेश सरकारको नेतृत्व गरेको एमालेले पुर्मतीलाई मन्त्री बनाएर लैजाने चर्चा चलेको थियो। यसअघि जसपाबाट प्रदेश सरकारमा सहभागी बनेकी मन्त्री सुमन शर्माले राजीनामा दिएपछि सरकारलाई बहुमत पुगेको छैन।

त्यसैले पनि विभिन्न शंकाहरु उब्जिएको छ। यस विषयमा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकाललाई सम्पर्क गर्दा हुन सकेन्।

प्रतिक्रिया