

पतञ्जलीको आइपीओ जारी गर्ने तयारीमा बाबा रामदेव

काठमाडाैं – योग गुरु स्वामी रामदेवले पतञ्जलीको आइपीओ जारी गर्ने विषयमा चालु आर्थिक वर्ष (भारतीय) को अन्त्यभित्रमा निर्णय लिने भएका छन् । यस वर्ष भने आइपीओ जारी गर्ने योजना नरहेको जानकारी गराएका छन् ।
रुची सोयालाई रामदेवको पतञ्जलीले सन् २०१९ मा एक्वायर गरेको थियो । पतञ्जलीको आइपीओ जारी गर्ने विषयमा चाँडै निर्णय लिने पनि रामदेवले जानकारी दिएका छन् । पतञ्जलीले आर्थिक वर्ष सन् २०२१ मा ३ खर्ब भारतीय रुपैयाँ बराबरको व्यापार गरेको थियो । जसमध्ये रुची सोयाको योगदान १ खर्ब ६३ अर्ब १८ करोड भारु रहेको छ ।
टाँट पल्टेको रुजी सोयालाई रामदेवले ४३ अर्ब ५० करोड रुपैयाँमा एक्वायर गरेका थिए । रुची सोया सन् २०२० कोे जनवरी २७ मा प्रतिकित्ता १७ रुपैयाँको दरमा स्टक एक्सचेन्जमा पुनः सूचीकृत भएको थियो । त्यसयता, रुचीको भाउ ५२ हप्ताकै उच्च १ हजार ३७७ रुपैयाँसम्म पुगेको थियो । अब कम्पनीलाई ऋणमुक्त बनाउने योजना रहेको रामदेवले जानकारी दिएका छन् ।

