

ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु

सुरुङ्गा – झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाएका छन् ।
भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्वरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो एकापसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
दुर्घटनामा परी भद्रपुर नगरपालिका-१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका करिब ४० वर्षीय डम्बरबहादुर लिम्वूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छविमायाको घटनास्थलमा र डम्वरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

