भत्ता र सरकारी कर्मचारीको बढेको तलब आजबाट कार्यान्वयनमा


काठमाडौं – आजबाट नयाँ बजेट कार्यान्वयनमा आएको छ । योसँगै सरकारले बजेट मार्फत बढाएको वृद्ध भत्ता र सरकारी कर्मचारीको तलब पनि आजैबाट कार्यान्वयनमा गएको छ ।

जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब २ हजारले बढेको हो। २ हजार तलब निजामतिबाहेक ,शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढेको हो। अब कर्मचारीले साउनको तलब २ हजार रुपैयाँ बढेर पाउने छन्।

यस्तै सरकारले ३ हजारको भत्तालाई ४ हजार पुर्‍याएपछि अब वृद्धवृद्धाले पनि मासिक ४ हजार भत्ता पाउने छन्। सरकारी कर्मचारी र वृद्धवृद्धाले असारसम्मको भने मासिक ३ हजार पाउँनेछन् ।

प्रतिक्रिया