

जंगलमा युवती मृत अवस्थामा फेला

काठमाडौं – काठमाडौंमा जंगलभित्र एकजना युवती मृत अवस्थामा फेला परेकी छिन। नागर्जुन नगरपालिका, जयन्ती गाँउस्थित जंगल भित्रको कुलेसोमा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ।
उनको पहिचान पनि खुलेको छ। उनी नागर्जुन नगरपालिका कसाई चोक बस्ने २३ वर्षिया सुष्मिता शाही भएको प्रहरीले जनाएको छ। यस बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

