मुग्लिन–नारायणगढ सडक बिहानैदेखि अवरुद्ध, खुलाउने प्रयास जारी


चितवन — मुग्लिन—नारायणगढ सडकखण्ड आज बिहानैदेखि फेरि अवरूद्ध भएको छ।

अविरल वर्षापछि खसेको पहिरोले रोकिएको सडकखण्डमा रहेको पहिरो हटाउने काम सुरू गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सडकखण्डअन्तर्गतको सेतीदोभानमा पहिरो खसेको प्रहरीले जनाएको छ। उक्त पहिरो हटाउन आज बिहान ६ बजेदेखि दुइटा जेसिबी प्रयोग गरिएको छ।

साथै प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै आएको छ।

प्रतिक्रिया