विमानले ठक्कर दिँदा घाँस काट्दै गरेकी महिलाको गयो ज्यान


क्युबेक – विमानको ठक्करबाट क्यानडामा घाँस काट्दै गरेकी एक महिलाको ज्यान गएको छ । २७ वर्षकी महिलाले क्युबेकस्थित सेन्ट स्पिरिट एयरफिल्डमा सोमबार मैदानको घाँस काटिरहेकी थिइन् ।

उनी विमानस्थलको रनवे नजिकै घाँस मिलाइरहेकी थिइन् । सोही क्रममा एउटा लाइट विमानले उनलाई ठक्कर दिएको सीएनएनले जनाएको छ । ठक्कर दिने विमान चीनमा बनेको सिंगल इन्जिन नानचाङ सीजे–६ भएको बताइएको छ । यो विशेष गरी प्रशिक्षण प्रयोजनको लागि प्रयोग गरिन्छ ।

यो घटना आश्चर्यजनक भएको अधिकारीहरुले बताएका छन् । हाल प्रहरीले पाइलट तथा प्रत्यक्षदर्शीलाई घटनाको बारेमा सोधपुछ गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया