

एमाले विवाद समाधान उन्मुख रहेको बेला नेपाल निवास पुगे प्रचण्ड

काठमाडौं – एमाले भित्रको विवाद समाधान उन्मुख रहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् ।
मंगलबार दिउँसो अध्यक्ष प्रचण्ड नेता नेपाल निवास कोटेश्वर पुगेको स्रोतले जानकारी दियो । अहिले उनीहरुबीच गोप्य भेटवार्ता जारी छ ।
प्रचण्ड धनुषाका माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवका निधनमा श्रद्धाञ्जली दिन आज जनकपुर पुगेका थिए । जनकपुरबाट फर्किएर उनी नेता नेपाल निवास पुगेका हुन् ।
एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । बैठकले सहमतिको मस्यौदालाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।

