

माछाको पोखरीमा डुबेर झापामा एकजनाको मृत्यु

झापा – माछा पोखरीमा डुबेर भद्रपुर नगरपालिका-९ पोकापाडाका करिब ६० वर्षीय धनसिंह राजवंशीको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजे घरमा कसैलाई नभनी निस्किएका उनी रातभर हराएका थिए।
धनसिंह घर नआएपछि परिवारका सदस्यले स्थानीयलाई जानकारी गराएका थिए। स्थानीयले खोज्ने क्रममा शनिबार बिहान माछा पोखरीमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो।
उनको शवलाई प्रहरी चौकी घोडामारा र १ नम्बर प्रदेश विपत् व्यवस्थापन कार्यालय भद्रपुरका टोली बिहान ९ बजे पोखरीबाट निकालेको छ ।

