बाढीले कमला नदीको तटबन्ध भत्काउने खतरा बढ्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह


जनकपुरधाम – अविरल वर्षापछि कमला नदीमा आएको बाढीले तटबन्ध भत्किने खतरा बढेको छ । नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सिरहा प्रशासनले माइकिङ मार्फत जानकारी गराएको छ ।

बाढीले तटबन्ध भत्कायो भने ठूलो क्षति पुर्याउने सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताए ।

त्यस्तै रौतहटको दुर्गा भगवती गाउँपालिका ५ स्थित एक बस्ती डुबानमा परेको छ । बाढीको पानीले स्थानीय १०र१२ घरमा पानी पसेको हो ।

बाढी बस्तीमा पसेपछि अधिकांशको घरमा चुलो बलेका छैन । बाढीले क्षति पुर्याउने डरले रातभर जाग्राम बसेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया