इञ्जिनियर हरिराम दवाडीको पहलमा भच्चेक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग


गोरखा – इञ्जिनियर हरिराम दवाडीको पहलमा अजिरकोट गाउँपालिका–३ मा रहेको भच्चेक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेपछि कोरोना संक्रमितको उपचारको सहजताका लागि स्वास्थ्य आज स्वास्थ्य सामाग्री प्रदान गरिएको हो।

वायोमेडिकल इञ्जिनियर दवाडीको पहलमा भच्चेक पु¥याइएको सामान सामान इञ्जिनीयर दवाडीका बुबा एवम् अजिरकोट गाउँपालिका वडा नं ३ का वडा सदस्य अङ्गराम दवाडीले वडा नं ३ का वडा अध्यक्ष तयाराज गुरुङलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरे।

सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष चन्द्रमाया गुरुङ, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडी, इन्जिनीयरका दाजु एवम् सफल व्यवसायी सुरेश दवाडीको समेत सहभागीता रहेको थियो।

गोरखाको उत्तरी क्षेत्रमा रहेको भच्चेक स्वास्थ्य चौकी विस २०३४ सालमा स्थापना भएको हो। इञ्जिनीयर दवाडीको पहलमा पाँच थान अस्पताल शैया, पाँच थान म्याटटेस, पाँच थान सिरानी, पाँच थान वेड कभर, पाँच थान अक्सिजन सिलिण्डर र पाँच थान रेगुलेटर रहेको छ।

सहयोग गरिएका स्वास्थ्य सामाग्रीमध्ये अक्सिजन सिलिण्डर भने अक्सिजन फर नेपालले सहयोग गरेको छ। यस्तै, प्राविधिक सहयोग वायोमेडिकल इञ्जिनीयरिङ फाउण्डेशन नेपाल (विफोन)का अध्यक्ष विकास श्रेष्ठले गरे।

अजिरकोट गाउँपालिका वडा नं ३ काफलडाँडामा जन्मिएका इञ्जिनियर दवाडी नेपाली काँग्रेसले गठन गरेको केन्द्रीय बायोमेडिकल टिमको संयोजक समेत हुन्।

प्रतिक्रिया