ऊँटहरूलाई लडाएर माथि बसी योग गरेपछि बीएसएफ जवानहरूको आलोचना


काठमाडाैं – भारतको राजस्थानमा बीएसएफको टीमले ऊँटहरूलाई लडाएर तिनीहरूमाथि बसी योगासन गरेपछि आलोचना भएको छ ।

सामाजिक सञ्जालमा यस कार्यको कठोर आलोचना गरिएको छ । निर्दोष जनावरहरूलाई सताएर यस्तो भद्दा प्रदर्शन गर्ने कुबुद्धि कुन चाहिँलाई आएछ भनी मानिसहरू प्रश्न गरिरहेका छन् ।

आयोजकहरूलाई तत्कालै पक्राउ गर्न समेत माग गरिएको छ । सोमवार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस्तो उट्पट्यांग काम गरिएको हो । एजेन्सी

प्रतिक्रिया