प्रदेश २ का मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुखको पत्र


काठमाडौं – प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै झाले मुख्यमन्त्री राउतप्रति असन्तुष्टि जनाएका हुन् ।

प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताएका छन् ।

त्यस्तै पत्रमा उनले संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्था अनुसार नै मन्त्रिपरिषद गठन गर्नुपर्ने भन्दै केही दिनअघि गरिएको मन्त्रिपरिषद विस्तारमा आफ्नो असन्तुष्टि रहेको समेत जनाएका छन् ।

उनले पत्रमा लेखेका छन् ‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसीलगायतका पक्षलाई समानुपातिक, समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ ।’

यस्तो छ प्रदेश २ को मन्त्रिपरिषद विस्तार

१) लालबाबु राउत, मुख्यमन्त्री

मन्त्रीहरु

२) रामसरोज यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
३) ओमप्रकाश शर्मा, ऊर्जा तथा खानेपानी मन्त्रालय
४) वीरेन्द्र सिंह, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय
५) विजय यादव, आर्थिक मामिला तथा योजना मन्त्रालय
६) ज्ञानेन्द्रकुमार यादव, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
७) शैलेन्द्र साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
८) नवलकिशोर साह, सामाजिक विकास मन्त्रालय
९)रामनरेश राय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

राज्यमन्त्रीहरु

१०) उषा यादव, आर्थिक मामिला तथा योजना मन्त्रालय
११) सरोज सिंह, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
१२) योगेन्द्र राय यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

हेर्नुहोस् प्रदेश प्रमुखको पत्र :

प्रतिक्रिया